
बिरगन्ज पर्सामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। बिरगंजमा दुई जना युवती सहित जिल्लामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएकाे हो।
संक्रमण हुनेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिकाका २२ वर्षीय युवती र काठमाण्डौँ स्थायी ठेगाना भई हाल विरगजमा काम गर्दै आएकी ४५ वर्षीय महिला रहेको नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जनाएका छन्।
वीरगंजमा पछिल्लो समय लक्ष्य सहितका संक्रमितहरुको देखा पर्न थालेका छन् । उनीहरूको असार ३१ गते स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा संक्रमण देखिएको हो।







