
नयाँदिल्ली, भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमण घट्दै गएको छ । दैनिक ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा पछिल्लो समय संक्रमण घटेकाले केही राहत भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९६ हजार ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा गत अप्रिल १४ पछि पहिलो पटक एक दिनमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७ हजार २ सय ३१ पुगेको छ । सोमबार भारतमा ३ लाख २६ हजार ८ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा संक्रमितको २ करोड ६९ लाख ४८ बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । एजेन्सी






