
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामन्य गिरावट आएको छ । मंगलबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।







