
काठमाडौं, बाह्र वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ दिने भएको छ । अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।
अर्थमन्त्रालयले त्रिवि शिक्षण अस्पताल र जिल्ला अस्पताल संखुवासभालाई ८०/८० लाख, जिल्ला अस्पताल चौतारा, जिल्ला अस्पताल दैलेख, जिल्ला अस्पाताल धनकुटा, जिल्ला अस्पताल जलेश्वर र जिल्ला अस्पताल इलाम, रामेछाप अस्पताल, चौरजहारी अस्पताल रुकुम पश्चिम र टिकापुर अस्पताल कैलालीका लागि ७५/७५ लाख रुपैयाँ दिने सहमति गरेको छ ।







