
चीन – मध्य र पूर्वी चीनका बस्तीहरु बाढी र डुबानले नराम्रोसँग प्रभावित भएका छन् । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् ।
दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छभ भने । कतिपय पक्की घरहरु समेत बाढी र डुवानका कारण भत्किएका छन् । चीनमा ६ दशक यताकै भारी वर्षा भएको बताइएको छ ।बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् । चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् ।
चीनको स्वच्छ पानीको सबैभन्दा ठूलो ताल भनेर चिनिने पोयाङ्गका धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ । जसले दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउने आशा गरिएको छ ।
बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पुर्याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ । ntv







