
बाह्रबिसे नगरपालिका वडा न २ कर्थलीकाे , हिले, सिस्ने खोला र दुरुमथलिको बिच भागमा पहिराे खसेकाे छ । गत हप्ता बुधबार रातिको भारी बर्षका कारण माथि भीरबाट पहिराे खसेकाे र उक्त पहिराेका कारण सयौंकाे संख्यामा रहेका स्थानीय तर्सित बनेका छन् वर्षा याममा जताततै पहिराे गई ज्यान गुमाउनेकाे संख्या बढिरहदा सिन्नेखाेला र दुरुमथलिका स्थानीय डराएका हुन् ।

राताे भीरदेखि दुरुमथलि,हिले सिस्ने सम्म माथि भीरबाट खसेकाे पहिराेले असर गर्ने र थप पहिराेकाे जाेखिम रहेकाे दुरुमथलि नजिकैका स्थानीय विकास लामाले जानकारी गराएका छन् ।

लामाका अनुसा हालसम्म केही घरलाई पहिराेले छाेएकाे हुदा उक्त स्थानमा रहेका स्थानिय नागरिकहरुलाई उचित स्थान बासस्थानकाे व्यवस्था मिलाउनु पर्ने र स्थानीय सरकार बाह्रबिसे नगरकाे जतिसक्दो छिटाे ध्यान जानुपर्ने लामाकाे भनाइ छ । उक्त स्थानमा जनता सुरक्षित रहन र पहिराे राेकथाम गर्न स्थानीय सरकार बाह्रबिसे नगरपालिकाे बेलैमा ध्यान जान रहेकाे छ ।







