
काठमाडौं, नाइजेरियामा सैनिक विमान दुर्घटना दुर्घटना हुँदा सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुसहित ११ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार देशको उत्तर–पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर जनरल इब्राहिमको मृत्यु भएको हो ।
सेनाले बयान जारी गर्दै खराब मौसममा विमान ल्यान्ड गर्ने प्रयास भएपछि सेना प्रमुख तथा चालक दलका सदस्यसमेत गरी ११ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
यस्तै सेना प्रमुख इब्राहिम ५४ वर्षका थिए भने एक दशकभन्दा बढी समयदेखि चलिरहेको जिहादी विद्रोहमा विद्रोहीसँग लड्न र सेनाको शक्ति बढाउन सरकारले उनलाइृ सेना प्रमुख बनाएको थियो ।
यो दुखदः घटनासँगै त्यहाँका राष्ट्रपति मुहम्मद बुहारीले सेना प्रमुखसँगै सबै मृतकप्रति समवेदना प्रकट गरेका छन् ।एजेन्सी






