
सिन्धुपाल्चोक, चौतारा साँँगाचोकगदी नगरपालिकाका मेयर उपमेयरसहित तीन् जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ उप मेयर जानुका पराजुली र अर्का एक् जनालाई संक्रमण पुष्टि भएको रिपोर्ट आज आएको हो ।
योसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ९५३ पुगेको छ । चौतारा नगरपालिकामा मात्रै हिजो एकैदिन १ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै चौतारामा १४९ जनामा संक्रमण पुष्टि भएको छ ।







