
काठमाडौं, नेपाली बजारमा पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।
यसअघि चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कारोबार भैरहेको छ ।







