
फ्लोरिडा, ‘मिस यूनिभर्स २०२०’को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी हुन् ।
अमेरिकाको फ्लोरिडामा आयोजना गरिएको प्रतियोगीतामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी सुन्दरी मेजाले सो उपाधी हात पारेकी हुन् ।
यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले उपाधी जितेकी हुन् ।
यस्तै ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगीतामा नेपालकी अनिष्का शर्माले पनि सहभागीता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।






