
नयाँदिल्ली, भारतमा केही दिनयता कोरोना संक्रमणको दर क्रमशः घट्दै गएको छ । एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिइरहेको छिमेकी मुलुक भारतमा पछिल्लो समय संक्रमण दर घटेकाले केही राहत मिलेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । उक्त संख्या भारतमा २५ दिनपछि पहिलो पटक एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण दरमा कमि आए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । अहिले पनि भारतमा दैनिक ४ हजारको हाराहारीमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ । यस्तै आइतबार भारतमा ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।एजेन्सी






