
गाजा, पछिल्लो समय इजरायल र प्यालेस्टाइनबीच भैरहेको द्वन्दमा परि मृत्यु हुनेको संख्या १८८ पुगेको छ । इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको हो ।
गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको उक्त द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ भने मृत्यु हुनेमा ५५ बालबालिका रहेको छ ।
इजरायली आक्रमणमा परि पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।
हालको हिंसा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।
इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।एजेन्सी






