
काठमाडौं, अर्थ मन्त्रालयले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँ माथिको रकम निकासा गर्ने भएको छ ।
अर्थ मन्त्रालयले आइतबार एक निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पतालहरूको क्षमता वृद्धि र स्वास्थ्य सामग्रीका लागि कुल ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ दिने सहमति गरेको छ ।
यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।







