
काठमाडौं, साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै छापावाला सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ ।
यसदिन चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ ।
बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदीको मुल्य एक हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







