
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको आन्तरिक विवाद अन्त्य गर्नेगरी जारी राखेकाे आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी हुनेगरि आजको बैठक सकिएको अध्यक्षद्वयका सचिवालयले जानकारी दिएकाे छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको करिब दुई घण्टा लामो वार्तामा सकारात्मक छलफल भएको जानकारी छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच साढे दुई बजेसम्म छलफल भएको हाे । साउन २ गते ११ बजे बस्न लागेको नेकपा स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच सहमति गर्नुपर्ने पार्टीको आन्तरिक दवाव छ ।
सोहीअनुसार अध्यक्षद्वय वार्ता र संवादलाई निरन्तरता दिइएकाे छ । दुवै अध्यक्षबीच मंगलबारदेखि नियमित भेटवार्ता भइरहेको छ । पार्टीका दोस्रो तहका नेताहरु पनि दुवै अध्यक्षबीच सहमति गराउनेगरी सक्रिय रहेकाे बुझिएको छ ।







