
काठमडौं, इंग्लिस प्रिमियर लीग फूटबलको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । प्रिमियर लीगमा तेस्रो स्थानको लेष्टर सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडलाई हराएसँगै सिटी पाँचौं पटक च्याम्पियन बनेको हो ।
जितसँगै लेष्टरले ३६ खेलबाट ६६ अंक जोड्दा युनाइटेडको ३५ खेलबाट ७० अंक छ । सिटीको यो पछिल्लो चार सिजनमा तेस्रो उपाधि हो । लीगमा अब तीन खेल मात्र बाँकी रहँदा सिटीको ८० अंक छ ।
उता लेष्टरले युनाइटेडमाथि २१ गोलको जित निकाल्दै च्याम्पियन्स लीग प्रवेशको सम्भावना थप बलियो पारेको छ । अवे मैदानमा लेष्टरका लागि ल्युक थोमस र काग्लर सोयुन्चुले गोल गरेका थिए ।







