
काठमाडौं, भिटामिनयुक्त फल अमलाको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ भने भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ । तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।
यस्ता छन् दैनिक एक अमला खानुका विभिन्न फाइदाहरु
मुटुको समस्या
यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।
तौल कम
अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।
पाचन
अमलामा हुने फाइबरले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ भने यो खाँदा कब्जियतको समस्या हट्छ ।
कमजोरी
अमलामा भिटामिन सीको मात्रा अधिक हुने भएकाले शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।
अनुहारमा चमक
यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।
राम्रो कपाल
यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।एजेन्सी







