
सिन्धुपाल्चोक बाह्रबिसे – जम्मु बाढीपहिराे पिडित ३५ घरधुरीलाई ग्यसचुलाे ,सिलिन्डर ,र खाद्यान्न सामाग्री सहयाेग गरेकाे छ । बाह्रबिसे वडा नं. ९ का वडाअध्यक्ष सानू लामाकाे अध्यक्षतामा तरुनदलका नेताहरु अनिल लामा,छिरिङ लामा, श्याम लामा,बिमल तिमल्सिना ,लगाएकाे सक्रियतामा पिडितलाई उक्त सहयाेग हस्तान्तरण गरेका छन् ।

गत बुधबार जम्बु स्थित याल्माे खाेलामा ठुलाे बाढि र माथि खाेलाबाट पहिराे समेत आउदा जम्बु बजारकाे बस्तिनै बगाएको थियाे बस्तिकाे २१ घर तथा अन्य टहराहरु, पक्कि पुल समेत बगाएई धेरै स्थानीयकाे अबस्था नाजुक बनेकाे छ । नगरपालिकाकाे अन्य वडा हरुमा पनि उक्त बाढिले क्षति पुर्याएकाे छ । उक्त घटनामा परि ज्यान गुमाउनेकाे परिवारका घरबार बिहिन बनी खाद्यान्न समेत नभएका पिडितहरुलाई खाद्यान्न सामाग्री र ग्यासचुलाे सहितकाे राहात वितरण गरिएको स्थानीय नेता ज्ञानेन्द्र थापाले बताए ।







