
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार सुनकी मुल्य प्रतितोला ११०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँ कायम भएको छ ।







