
काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा बर्नलीले क्रिस वूडको पेनाल्टी गोलसँगै १९औं मिनेटमा अग्रता बनाएको थियो । तर दुई मिनेटपछि नै वेष्टह्यामका मिकेल एन्टोनिओले गोल गर्दै खेल १–१ को बराबरी गरे ।
लगत्तै २९ औं मिनेटमा एन्टोनिओले व्यक्तिगत दोस्रो गोल थपेपछि वेष्टह्याम २–१ ले विजयी भएको हो ।जितपछि पाँचौ स्थानको वेष्टह्यामले ३४ खेलबाट ५८ अंक जोड्दै शीर्ष चारभित्र रहँदै च्याम्पियन्स लीग खेल्ने सम्भावना कायमै राखेको छ ।







