
चेन्नई, इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा मुम्बई इण्डियन्सले शानदार जित निकालेको छ । आईपीएल अन्तर्गत गएराति मुम्बईले शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो ।
२ सय १९ रनको विशाल लक्ष्य मुम्बईले ६ को विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको थियो । मुम्बईका केरोन पोलार्डले ८७ रनको उत्कृष्ट इनिंग्स खेले । ३४ बलको सामना गरेका पोलार्डले ८ छक्का र ६ चौकाको मद्दतले ८७ रन जोडे ।
पोलार्डले यस सिजनमा सबैभन्दा कम १७ बलमा अर्धशतक बनाउने कीर्तिमान समेत बनाए । त्यस्तै क्विन्टन डिकक ३८, कप्तान रोहित शर्मा ३५ तथा क्रुनल पाण्ड्या ३२ रनमा पेभेलिएन फर्के । चेन्नईका साम करनले तीन विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद तथा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।







