
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय ५० रुपैयाँले बढाउने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे)को शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार चार सय ५० रुपैयाँबाट बढाएर १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका हुन् ।
तर, कानुनी व्यवस्थाअनुरूप न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीले अचानक तलब वृद्धिको घोषणा गरेपछि श्रमिक र रोजगारदाता दुवै पक्ष असन्तुष्ट बनेका छन् ।
कुनै छलफल र वार्ताविनै सरकारले न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको भन्दै मजदुर र रोजगारदाता दुवैले यसको कार्यान्वयन हुन नसक्ने औँल्याएका छन् । रोजगारदाताले महामारीका कारण उद्योग व्यवसाय नै ठप्प हुने अवस्था भएकाले तलब बढाउन नसकिने बताएका छन् । नयाँ पत्रिकाबाट







