
काठमाण्डौँ – नेपाल विधार्थी संघले पेट्रोलियमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै काठमाण्डौँ बबरम हलस्थित नेपाल आयल निगल लिमिटेडको गेट अगाडी धर्ना दिएको छ। लकडाउनको तीन महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तरराष्ट्रीय बजारमा थोरै मूल्यवृद्धि हुदा पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धि गरिने गलत भएको भन्दै आईतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिएको नेबि संघकी महामंन्त्री महेश्वरी कुवंरले बताइन् ।
कोरोना आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक पटठ पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरिनु आकैंमा अमानवीय कार्य भएकोले बध्य भएर धर्ना दिनु परेको नेबिसंघकी महामंन्त्री कुवंरले जानकारी दिइन्।







