
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेकाे छ। पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेका छन् । अाइतबार १४७ जना सङ्क्रमित डिस्चार्ज भएका छन् योसँगै आठहजार ५८९ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हाे । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् ।






