
किर्तिपुर, नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल, काठमाडौको दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको धनगढी, ललितपुरलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगका २ खेलमा एकमा हार र एकमा जित हासिल गरेको धनगढीको ३ अंक छ ।
यस्तै एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्टले जनही १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।







