
दिल्ली, भारतको असाम केन्द्रविन्दु भएर बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पबाट असामका केही स्थानमा जमिन फुटेको र घरहरू चिरा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् भने अन्य क्षतिको विवरण भने आइसकेको छैन ।
स्थानीय समयअनुसार बिहान ७: ५८ बजे गएको भूकम्प गएलगत्तै दुई वटा ठुला परकम्प गइसकेका छन् । समाचारमा जनाइए अनुसार ४.३ र ४.४ रेक्टर स्केल मापन गरिएको परकम्प गएको हो ।
२९ किलोमिटरमुनि केन्द्रविन्दु रहेको भूकम्पले करिब ३० सेकेन्ड हल्लाएको स्थानीयले जनाएका छन् ।यस्तै भूकम्पको महसुस बिहार राज्य, पश्चिम बंगाल, असाम, मेघालय, नागाल्यान्ड तथा अरुणाञ्चल प्रदेशमा पनि भएको थियो ।एजेन्सी






