
काठमाडौं, तेलुगु स्टार अल्लु अर्जुनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको बुधबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो भने उनी हाल घरमै आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्य अपडेट साझा गर्दै अभिनेता अर्जुनले बुधवार ट्विटरमा लेखेका छन्, “सबैलाई नमस्कार! मैले कोभिड-१९ परिक्षण सकारात्मक आएको छ । मैले हाल स्वयंलाई घरमा एक्लो पारेको छु र सबै प्रोटोकल अनुसरण गरिरहेको छु,”
उनले अफुसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई परीक्षण गराउन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकोे जानकारी दिँदै उनले आफ्ना फ्यान तथा शुभचिन्तकहरूलाई चिन्ता नलिनसमेत अनुरोध गरेका छन् ।
उनले भनेका छन्, “घरमा बस्नुहोस्, सुरक्षित रहनुहोस् र जब तपाइँले मौका पाउनु हुन्छ खोप लगाउनुहोस्। म मेरा सबै शुभचिन्तकहरू र प्रशंसकहरूलाई अनुरोध गर्दछु कि मैले राम्रो गरिरहेको छु चिन्ता नलिनुहोस्।”






