
काठमाडौं, नेपाली बजारमा आज सुनको बजार मूल्यमा स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार सुनको मुल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । यता, चाँदीको मूल्यमा पनि गत आइतबारकै मूल्य १ हजार ३१० रुपैयाँ नै कायम भएको छ ।







