
बग्दाद, इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोना सघन उपचार कक्षमा भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी भएको हो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको बताइएको छ ।
यसैगरी आगलागी हुँदा उक्त अस्पतालमा कोभिड–१९ का सख्त बिरामी ३० जनालाई राखिएको थियो । मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए ।
अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए । अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो ।एजेन्सी






