
नयाँदिल्ली, भारतको केन्द्रिय राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गरेका हुन् ।
यसअघि दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, संक्रमणमा अपेक्षा गरेअनुसार कमी नभपछि सोमबार बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मेको बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो दोस्रो चरणको लकडाउन सोमबार राति १० बजेदेखि लागू हुनेछ । दिल्लीको अन्य राज्यहरुको तुलनामा संक्रमण दर पनि उच्च रहेको छ ।एजेन्सी






