
काठमाडौं, नई प्रकाशनले यस वर्षको साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । चौधरीले पाउने पुरस्कार रु. १ लाख राशिको हो ।
नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईका अनुसार नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो ।
विश्व काव्ययात्रामार्फत नेपाली भाषा र साहित्यको विश्वमाझ प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ ।







