
हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परि बेपत्ता भएका मध्ये २७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार रघुगंगा गाउँपालिका–६ पाखापानीको ठाडाखानीमा खोलाले बगाएका नलिमान छन्त्यालकोको सब शुक्रबार फेला परेको हो ।
त्यसैगरी मालिका गाउँपालिका–७ बिममा पहिरोमा परि बेपत्ता भएका मध्ये ४० वर्षिया विष्णु पौडेल, ४ वर्षिय इच्छा पौडेल,गौदेवी नेपाली, विशेष नेपाली, विरवहादुर नेपाली, बिरबहादुरका ३ महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको सव फेला परेको छ ।
त्यस्तै धौलागिरी गाउँपालिका–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुस लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश के.सी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली, दिवान जुग्जालीको सव फेला परेको छ ।
शुक्रबार बेपत्ता भएका धनबहादुर जुग्जाली, रितुकुमारी जुग्जाली र अर्जुन जुग्जाली सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुबरले बताए
पहिरोमा परि घाइते भएका १२ जनाको उद्धार गरीएको छ । बिहीबार राती देखिको वर्षात्ले गर्दा शुक्रबार प्रयास गर्दा नसकिए पनि शनिबार बिहान मात्रै हेलिकोप्टर मार्फत उद्धार गरीएको थियो ।
धौलागिरी गाउँपालिका–६ मराङकी सुत्केरी अवस्थाकी महिला मन्जिता श्रीपाली, उनका छोरा ७ वर्षिय सफल श्रीपाली, मालिका गाउँपालिका–७ बिमका पूर्ण परियार र धौलागिरी गाउँपालिका–७, ताकमका सतदेवी बिटालु र मालिका–६ दरवाङका बालसिंह रोकालाई बेनी अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
धौलागिरी गाउँपालिका–६ मराङका गौमती सुनार, धनबहादुर जुग्जाली, अंकित जुग्जाली, विर्सना जुग्जाली, दीपक सिर्पाली र धौलागिरी गाउँपालिका–७ ताकमका हरिबहादुर बिटालुको बेनी अस्पतालमा उपचार भै रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । त्यस्तै धौलागिरी गाउँपालिका–६ मराङका कुशल पुन बेनी अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् ।
त्यस्तै धौलागिरी गाउँपालिकाका जोखिममा रहेका ५९० जना, रघुगंगा गाउँपालिका–३, गलेश्वर राहुघाट खोला नजिकैको बस्तीका २१ घरका ८५ जना, मालिका गाउँपालिबाट १९६ जनालाई र बेनी नगरपालिकाका जोखिममा रहेका २५ जना गरेर ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिए ।
शनिबार बिहानबाट प्रभु एयरको हेलिकोप्टर मार्फत उद्धार थालिएको थियो । जिसी ग्रुप म्याग्दीका नारायण जि.सी. र ओमकुमारी शान्ति कोषको आर्थिक व्यवस्थापनमा प्रभुको हेलीकोप्टरले उद्धार थालेका हुन् । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सहित घटनास्थलमा सांसद भूपेन्द्र थापा, नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, डिएसपी किरणजंग कुँबर, नेपाली सेनालगायतको टोली पुगेको थियो । त्यस्तै अनेरास्ववियू केन्द्रीय सदस्य प्रकाश पौडेल नेतृत्वमा बेनीका अखिलका टोली पनि मराङमा उद्धारका लागि पुगेका छन् । गाेरखापत्रबाट






