
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मुल्य प्रतितोला १५ रुपैंयाले घटेर आज तोलामा एक हजार ३२० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।







