
काठमाडौं – नेपालमा थप नयाँ काेराेना संक्रमित ७० जना मात्रै छन् । पछिल्लो समय काेराेना संक्रमितको संख्या घट्न थालेकाे छ , शनिबार ७० जनामात्र भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् ।
हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ४ सय ४२ जना घर फर्केका छन् । पछिल्लो समय डिस्चार्ज हुनेकाे संख्या बढ्दाे छ । पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालकाे ६ वटा जिल्ला काेराेना मुक्त भएको छ । आज ३ जनाकाे मृत्यु भएको छ । याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ ।






