
झण्डै चार महिना एक सय दस दिन थान्को लागाएका सवारीसाधन सरकारले आम्सिक रुपमा चलाउन आदेश गरेपछि यातायात व्यवसायीहरु मानेका छैनन् जिल्ला जिल्लामा मात्र चलाउनु सिट क्षमताको ५०% मानिस राख्नु गाडी चड्ने ढोकामै सेनिटाइजर राख्नु र चालक सहचालकले सुरक्षा कवच लगाइ कोरोना सङ्क्रमण नबढ्ने गरि सचेत रहनु भनिए पछिइ शर्तहरु पालना गर्दै जोर बिजोरमा सवारी चलाउन दिने घोषणालाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने जनाएको छ।महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ।सरकारले साबिक भाडा दरमा पचास प्रतिशात भाडा बडाएर जिल्ला भित्र मात्रै चलाउन भनेको थियो ।
भाडा मात्र बढाएर हाम्रो समस्या समाधान हुदैन लकडाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजार देखि ५ लाखसम्म खर्च हुने अवस्था भएकाले पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने उनले बताए।यसरी देखिएको बिबादास्पद समय धेरै दिन राख्नु हुदैन सरकारले हचुवाको भरमा गाडी चलाउन दिनु नै अस्वभाविक देखिनछ ।
एक सय दस दिन थन्किएको सवारी साधन खोल्न दिदा यतिन्जेलको घाटा नोक्सानी आफ्सेआप आउने कुरा पक्कै होइन । यथासम्भब बार्तामा बसि बितेको कोरोना माहामरीले पुर्याएको नोक्सानी र अबका दिनमा कसरी ब्यबशाय चलाउदै रोगको सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ छलफलमा बसेर समस्याको हल गर्नुपर्दछ ।







