
मकवानपुर, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आह्वान गरेको सर्वदलीय बैठक प्रतिपक्षी दलहरुले बहिष्कार गरेका छन् ।
काठमाडौंस्थित प्रदेश सुशासन केन्द्रमा आज आयोजित सर्वदलीय बैठक बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले बहिष्कार गरेका हुन् ।
माओवादीले ऐजेन्डा थाहा नभएको र ढिलो सूचना पाएको भन्दै बैठक बहिष्कार गरेको हो । कांग्रेस सांसद छिरिङ दोर्जे लामाले माओवादी केन्द्र बैठकमा सहभागी नहुने भएपछि आफूहरु पनि सहभागी नभएको बताए ।
यस्तै विवेकशील साझा दलले आधिकारिक रुपमा मुख्यमन्त्रीबाट खबर नआएको र ऐजेन्डाबारे जानकारी नै नगराएका कारण बैठकमा सहभागी नभएको सांसद रमेश पौड्यालले जानकारी दिएका छन् ।







