
उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकि छन् छ । उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने भनेकी हुन् उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताएको हो ।
उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उनले बताएको समाचारमा जनाइएको छ । उनले यी दुइ देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भनेकाे सो समाचारमा उल्लेख गरिएको छ ।
अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको उनको भनाई छ ।
केही दिन अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएको थियो ।उनकाे सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेका छन । रासस







