
काठमाडौं,नेपालमा गएको २४घण्टामा ४६० जना नयाँ सङ्क्रमितको थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३८६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४६० जनामा संक्रमित भएको हो ।
याे सँगै नेपालमा कुन काेराेना संक्रमितको काे संख्या २ लाख ८० हजार ९४८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भनेि हालसम्म दुई लाख ७४ हजार ३१८ जना निको भइसकेका छन् ।
पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ५ ब्यक्तिको मृत्युको भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ३ हजार ५८ जनाको मृत्यु भएको छ ।







