
काठमाडौं, पछिल्लो २४ घण्टामा विश्वभर सात लाख ८५ हजार आठ ८९६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने १३ हजार दुई सय ६८ जनाले ज्यान गुमाएका छन् ।
शनिबारदेखि बिहानसम्म विश्वमा कोरोना सङ्क्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार आठ सय ६९ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै, कोरोना सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या २९ लाख २७ हजार ६ सय ८४ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ४४ हजार आठ सय २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने सात सय ७३ जनाको ज्यान गएको छ ।
त्यसैगरी ब्राजिलमा ८९ हजार ९० जना सङ्क्रमित थपिँदा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।एजेन्सी






