
नयाँदिल्ली, भारतमा कोरोना महामारीको प्रकोप दिनप्रतिदिन भयावह बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ कोरोना संक्रमित थपिएका छन् ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार
एकैदिन थपिएको संक्रमितको यो संख्या महामारी सुरु भएयताकै ठूलो हो ।
मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ७९४ जनाको मृत्यु भएको छ ।
यसअघि बिहीबार पनि भारतमा २४ घण्टाभित्रै लाखभन्दा माथि अर्थात् १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा कोरोना संक्रमितको कूल संख्या १ करोड ३२ लाख ५ हजार ९२६ तथा संक्रमणबाट मृत्यु भएकाको कूल संख्या १ लाख ६८ हजार ४३६ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी






