
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य सामान्य गिरावट आएको छ । सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । आइतबार तोलामा १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







