
सुर्खेत, नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् ।
एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ ।
यस्तै बैठकले गुलाबजङ्ग शाहको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ ।







