
काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा बुधबार काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएकाे छ ।प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।ललितपुरको लगनखेल काठमाडौंका कलंकी, असन क्षेत्र, चाबहिल, कोटेश्वरलगायत क्षेत्रमा प्रदर्शन गरिएको हो। उनीहरूले ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने, भारतीय दलाल होसियारलगायत नारा पनि लगाएर प्रदर्शन गरेका छन्।
उक्त प्रदर्शनमा राष्ट्रिय झन्डा बोकेर पनि मानिसहरू भेला भएका थिए। उनीहरूले वैदेशिक हस्तक्षेप स्वीकार नहुनेजस्ता नारा लेखिएका प्लेकार्ड पनि बोकेर प्रदर्शन गरेका छन् ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा सडक प्रदर्शन गरिरहेका छन् ।







