
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार २२५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि फागुन १३ गते १ हजार २३० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।







