
याङ्गुन, सैनिक सत्ताविरुद्धको प्रदर्शनमा म्यानमारको सैन्यले उत्पात दमन गरेको छ । शनिबार सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका कम्तिमा १ सय १४ जनाको ज्यान गएको छ ।
प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै ठुलो संख्या हो । जसमा बालबालिका समेत रहेका छन् ।
सेनाको बल प्रयोगका अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएको निगरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मृतकको संख्या यकिन हुन सकेको छैन । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । चरा र खुकुरा झैं सेनाले मान्छे मारिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी






