
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान-टु-वान वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो चलेको वार्ता सकारात्मक भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन् ।
दुई अध्यक्षबीच भोलि बुधबार बिहान पुनः वार्ता हुनेछ अध्यक्षद्धयबीचको भेटवार्ता सकारात्मक भएको दाहालनिकट स्रोतले जनाएको छ । दुई अध्यक्षले सम्वादलाई जारी राख्ने सहमति गरेका छन् । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने तय गरिएको छ । भोलिको बैठक बस्नुअघि पनि दुई अध्यक्षबीच पूनः छलफल हुने भएको छ ।
पार्टीभित्रको विवादलाई आपसी सहमतिका आधारमा नै हल गर्न दुई अध्यक्ष राजी भएको र यस सहमतिमा बरिष्ठ नेताहरुलाई पनि ल्याईने भएको छ । पार्टीभित्र चुलिएको विवादलाई निकास दिनेगरी सक्रिय रहेका अध्यक्षद्वयले भोलिसम्म सहमतिमा पुग्न सक्ने सम्भावना रहेकाे बुझिएको ।







