
वासिङ्टन, अमेरिकामा कोरोना संक्रमितहरुको संख्या तीन करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको कुल संख्या तीन करोड एक हजार २४५ पुगेको हो ।
अमेरिकामा पछिल्लो एक सातामै कोरोना (कोभिड–१९) का संक्रमित निकै बढेका बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा संक्रमित निकै तीब्र गतिमा बढेका हुन् ।
गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो । मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ ।
अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । एजेन्सी






