
काठ्माण्डौं उपत्यकाका लागी सन २०२० मा माग भएअनुसारका स्मार्ट लाइसेन्स छापिइसकेका छ । यातायात ब्यवस्था बिभागले सन् २०१९ सम्म माग भए जति सबै स्मार्ट लाइसेन्स कार्डहरुको छपाइ पूरा गरेकोछ । देशमा माग अनुसार आवश्यक पर्ने स्मार्ट लाइसेन्स कार्डको छपाइ शूरु भइसके पनि देशका सबै कार्यालयहरुबाट बितरण भने शुरु भइसकेको छैन । बिभागका महानिर्देशक गोगन बहादुर हमालले हाल देशका बिभिन्न भागमा रहेका लाइसेन्स बितरण गर्ने कार्यालयहरुले बिभागबाट स्मार्ट कार्डहरु लैजाने क्रम जारी रहेको बताए ।
हाल देशका बिभिन्न भागमा सवारी चालक अनुमति पत्र बितरण गर्ने २२ वटा कार्यालयहरु छन् । ती मध्य चार वटा कार्यालयहरु काठ्माण्डौं उपत्यकामा छन् । बिभागले आगामी छ महिना भित्र हाल सम्म माग भएका सबै सवारी चालक अनुमती पत्र बितरण भैसक्ने जनाएकोछ । छ महिनापछि काठ्माण्डौं उपत्यकामा लाइसेन्स माग भएको एक महिना र उपत्यका बाहिर डेढ महिनामा उपलब्ध गराइसकिने बिभागको दाबीछ । देशमा दैनिक करीव पाचँ हजार सवारी चालक अनुमती पत्रको माग हुने गरेकोछ । बिभागले माग अनुसार स्मार्ट कार्डको छपाइ शुरु गरिसकेको छ ।







