
काठमाडौं – नेपालमा काेराेना साेमबार १८० जना काेराेना संक्रमित थपिएको छ । हालसम्म जम्मा काेराेनम संक्रमितकाे संख्या १५ हजार ९६४ पुगेकाे छ । संक्रमितको जम्मा संख्या मध्ये लगभग ७ हजारकाे हाराहारी अर्थात ६ हजार ८११ जना डिस्चार्ज भैसकेका छन् । जसमध्ये आज डिस्चार्ज हुने २६४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ जनाकाे मृत्युु भएको छ । याे सँगै नेपालमा ३५ जना काेराेना संक्रमित भई मृत्यु भईका छन् । प्रदेश अनुसार संक्रमित हुनेकाे संख्या प्रदेश १ मा ४६९, प्रदेश २ मा २०७२, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेश मा ११७५ जना , प्रदेश ५ मा ३९८४ , कर्णाली प्रदेश मा १५८१ र सुदुरपश्चिम प्रदेश ७ मा ३६९१ जना संक्रमित पुगेका छन् ।







