
काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य प्रतितोला दुई सयले घटेको हो ।
सुन सोमबार प्रतितोला ८७ हजारमा खरिद बिक्री भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा १ हजार २८० रुपैयाँ कायम थियो ।







